Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

जापानीज इन्सेफ्लाइटिसबाट ३ को मृत्यु, ९ जनामा डेंगी संक्रमण

  •   ८ महिना अघि | २३ भदौ २०८२, सोमवार

नवलपरासी । पश्चिम नवलपरासीमा जापानीज इन्सेफ्लाइटिस र डेंगी संक्रमण फैलिँदै जाँदा जनस्वास्थ्य संकट गहिरिएको छ । पछिल्लो डेढ महिनामा मात्र जापानीज इन्सेफ्लाइटिसका कारण तीन वृद्धको ज्यान गएको छ भने नौ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माका अनुसार बर्दघाट नगरपालिका–१२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । तीमध्ये कसैले पनि रोगविरुद्धको खोप लगाएका थिएनन् ।

यससँगै जिल्लामा डेंगी संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । सरसफाइको कमी र लामखुट्टेको नियन्त्रणमा कमजोरी देखिएकाले डेंगी थप जोखिमपूर्ण बन्दै गएको जनाइएको छ ।

संक्रमणको कारण र जोखिम

स्वास्थ्य विज्ञका अनुसार संक्रमित हाँस, कुखुरा, सुँगुर वा बंगुरलाई लामखुट्टेले टोकेपछि सोही लामखुट्टेले मानिसलाई टोकेमा जापानीज इन्सेफ्लाइटिस सर्न सक्छ । त्यस्तै, एडिस एजिप्टी प्रजातिको लामखुट्टेले संक्रमित व्यक्तिबाट स्वस्थ व्यक्तिमा डेंगी फैलाउँछ ।

लक्षण र स्वास्थ्य जोखिम

डाक्टर नुरुल होदाका अनुसार डेंगीका लक्षणमा उच्च ज्वरो, टाउको दुखाइ, आँखामुनि दुख्ने, स्नायु तथा मांसपेशी दुख्ने, खाना नखाने जस्ता समस्या देखिन्छन् । समयमा उपचार नपाए संक्रमितको मृत्यु हुनसक्छ ।

त्यसैगरी, जापानीज इन्सेफ्लाइटिस मस्तिष्कमा असर गर्ने गम्भीर रोग हो । क्युलेक्स प्रजातिको लामखुट्टेले फैलाउने यो रोग लागेपछि मस्तिष्क सुन्निने, पक्षाघात हुने, रिंगटा लाग्ने, बेहोस हुने र मृत्युसमेत हुने खतरा हुन्छ ।

नियन्त्रण र सचेतना

संक्रमण बढ्दै गएपछि स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण, सरसफाइ सुधार र जनचेतनामूलक अभियान सञ्चालन भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

👉 नागरिकलाई लामखुट्टे नियन्त्रण, सरसफाइ र खोपमा ध्यान दिन विज्ञको सुझाव छ ।

  • Jigyasanepal

थप