Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

हङकङ आगलागी : ९४ को ज्यान, ३०० भन्दा बढी अझै बेपत्ता — सुरक्षा व्यवस्थामाथि तीव्र असन्तोष

  •   १० महिना अघि | १२ मंसिर २०८२, शुक्रबार

काठमाडौँ, मंसिर १२, २०८२ – हङकङको ताईपोस्थित वाङफुक कोर्टमा बुधबार लागेको भीषण आगलागीले नरसंहारको रूप लिएको छ। आगलागीमा एक अग्निनियन्त्रकसहित मृत्यु हुनेको संख्या ९४ पुगेको हङकङ प्रशासनले पुष्टि गरेको छ। घटना पछिको दर्दनाक अवस्थासँगै ३०० भन्दा बढी मानिस अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साउथ चाइना मर्निङ पोस्टका अनुसार ११ अग्निनियन्त्रकसहित ७६ जना घाइते भएका छन्, जसमा ५६ जना अझै अस्पतालमै उपचाररत छन्। बीबीसीले उल्लेख गरेअनुसार, बेपत्ता सूचीमा रहेका अधिकांश व्यक्ति आगलागीका क्षणहरूमा भवनभित्रै रहेको अनुमान गरिएको छ।

आठ भवनमध्ये सातमा आगो फैलियो, भीषण क्षति

ताईपो जिल्लामा रहेको वाङफुक कोर्टका आठ भवनमध्ये सातवटामा आगो फैलिनुसँगै आगलागी भयावह बन्न पुगेको हो। प्रारम्भिक तथ्यांकअनुसार, उक्त ठाँउमा ४,६०० जनाको हाराहारीमा मानिस बसोबास गर्दै आएका थिए।

तर, आगलागीका बेला वास्तविक रूपमा कति मानिस भवनभित्र थिए भन्ने अझै स्पष्ट छैन।

सुरक्षा कमजोरीको आरोपपछि बासिन्दामा आक्रोश

आफ्नो नागरिक सुरक्षामा गरिएको चरम लापरबाहीप्रति हङकङका बासिन्दा आक्रोशित बनेका छन्।

प्रहरीले प्राथमिक अनुसन्धानमा भवनको बाहिरी भागमा अग्निरोधक सामग्री प्रयोग नगरिएको निष्कर्ष निकालेको छ, जसले आगो तीव्र रूपमा फैलिन मद्दत गर्‍यो।

आगो नियन्त्रणमा, तर प्रश्नहरुको घुम्टी सुरु

हङकङका नेता जोन ली का–च्युले आगो अहिले पूर्ण रूपमा नियन्त्रणमा आएको बताए पनि घटनाले सुरक्षा व्यवस्थाको गम्भीर सवाल उजागर गरेको छ।

उनले तत्काल प्रभावबाट देशभरका सबै नवीकरण हुँदै गरेका प्रमुख सार्वजनिक आवासको निरीक्षण गर्न आदेश दिएका छन्।

आगो कसरी सुरु भयो?

आगलागीको वास्तविक कारण खुल्न बाँकी छ।

तर, विशेषज्ञको प्रारम्भिक बुझाइ अनुसार भवनमा प्रयोग भएका कमजोर निर्माण सामग्री, भीडभाड, र आपत्कालीन संरचनाको अभावले विपद् झन् भयावह बनाएको अनुमान छ।

अनुसन्धान तीव्र गतिमा, अझै भयावह तथ्य बाहिर आउने आशंका

अधिकारीहरूले विस्तृत फरेन्सिक र प्राविधिक अनुसन्धान सुरु गरिसकेका छन्।

आगोले झस्काएको समाज अहिले शोक, आक्रोश र डरले आक्रान्त छ।

हङकङको हालसम्मकै सबैभन्दा ठूलो मानवीय क्षति मध्ये एक मानिएको यो घटनाले सुरक्षा नियमन, भवन निर्माण मापदण्ड र सरकारी निरीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न उठाइदिएको छ।

  • Jigyasanepal

थप