Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

डिलासैनीमा स्थानीयको चेतावनी : सडक र टेलिकम सेवा अवरुद्धको समस्या तत्काल हल गर्नुपर्ने

तिहार आगाडी नैं समस्या हल नगरे जनप्रतिनिधि लाई निषेध गर्ने !

  •   २ वर्ष अघि | ७ कार्तिक २०८१, बुधबार

बैतडी । 

डिलासैनी गाउँपालिका, बैतडी – डिलासैनीको गोकुलेश्वर सेटिगाउँ हुँदै सौगाउँ, नेगाउँ जोड्ने सडकखण्ड अवरुद्ध हुँदा सोही ठाउँका स्थानीयवासी गम्भीर समस्यामा परिरहेका छन्। यतिबेला बिरामीहरूलाई अस्पताल पुर्‍याउन स्टेचरमा बोक्नुपर्ने अवस्था छ भने खाद्यान्न र अन्य सामाग्री खच्चडमार्फत धुवानी गर्न बाध्य छन्। यसले गर्दा यहाँका कृषिजन्य उत्पादन जस्तै रिठा, भटमास जस्ता वस्तुहरू सडक अभावका कारण सस्तोमा बेच्नुपरेको छ, भने खाद्यान्नको मूल्य अत्यधिक महँगो भएको स्थानीयको गुनासो छ।


सडक अवरोधसँगै नेपाल टेलिकमको सेवा पनि ठप्प छ। स्थानीयले नेपाल टेलिकमको टावर बनेको एक वर्ष बितिसक्दा पनि सेवा सुचारु नभएको कारण सञ्चार सेवाबाट टाढा रहनुपरेको बताएका छन्। 


जनताको यस्ता समस्यामा डिलासैनी गाउँपालिकाको बेवास्ताले स्थानीयहरू आक्रोशित भएका छन्। तिहार अघि सडक सफाइ र टेलिकम सेवा सुचारु नगरिए वडा कार्यालयमा तालाबन्दी गर्ने र गाउँपालिका घेराउ गर्ने चेतावनी स्थानीयहरुले दिएका छन्। साथै, पालिका प्रतिनिधिहरूलाई गाउँ प्रवेशमा निषेध गर्ने अभियान समेत सुरु गर्ने चेतावनी दिएका छन्।


उनीहरुको भनाइमा, "जनताका समस्या नबुझ्ने सरकार हामीलाई चाहिँदैन। हिजो भोट माग्दा रुदै आउनेले आज जनतालाई रुवाउन पाउँदैनन्।" उनीहरूले जिज्ञासा नेपाल अनलाइन मार्फत आफ्ना समस्या राख्दै यस्तो भनेका हुन ।

  • Jigyasa media

थप