Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

काठमाडौं चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज बिहानदेखि चक्रपथभित्र अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार, आज भदौ २४ गते बिहान ८:३० बजेदेखि लागू हुनेगरी कर्फ्यू आदेश जारी गरिएको हो । आदेशले काठमाडौं महानगरपालिकाको बालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चाबहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै वाग्मती नदी पुलसम्मको सम्पूर्ण चक्रपथ भित्रको क्षेत्रलाई समेटेको छ ।

प्रशासनले कर्फ्यू आदेशको कारणबारे जानकारी दिंदै, सोमबार जेन–जी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएको घटनापछि राजधानीमा थप तनावपूर्ण अवस्था सिर्जना हुन नदिन बाध्य भएर यस्तो निर्णय गरिएको स्पष्ट पारेको छ ।

कर्फ्यू अवधिमा निर्दिष्ट क्षेत्रमा कुनै पनि प्रकारको भीडभाड, सभा–जुलुस, हिँडडुल वा सार्वजनिक गतिविधि गर्न प्रतिबन्ध लगाइएको छ । आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि कानून बमोजिम कारबाही हुने चेतावनी प्रशासनले दिएको छ ।

  • Jigyasanepal

थप