Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आज साउन १ : कर्कट (साउने) सङ्क्रान्तिको उल्लास, स्नान–दान, लुतो फाल्ने र शिव आराधना गरिँदै

  •   १ वर्ष अघि | १ साउन २०८२, बिहिबार

काठमाडौँ, साउन १ – नेपाली परम्पराअनुसार सौरमासको महत्वपूर्ण पर्व साउने (कर्कट) सङ्क्रान्ति आज देशभर श्रद्धा, संस्कृति र रमाइलोका साथ मनाइँदै छ। सूर्यले मिथुन राशिको यात्रा सकेर कर्कट राशिमा प्रवेश गर्ने दिनलाई साउने सङ्क्रान्तिका रूपमा चिनिन्छ। यस दिनदेखि सूर्यको दक्षिणगमन (दक्षिणायन) सुरु हुने भएकाले धार्मिक दृष्टिले यो दिन विशेष मानिन्छ।

धार्मिक मान्यता अनुसार माघ १ गते सूर्य उत्तरायणमा प्रवेश गर्छन् भने साउन १ बाट दक्षिणायनमा लाग्दछन्। यी दुई दिनलाई शुभ कार्यका लागि अति उत्तम मानिन्छ।

🔸 स्नान, दान र लुतो फाल्ने परम्परा :

साउने सङ्क्रान्तिका अवसरमा आज देशभर नदी, तलाउ, इनार आदि जलस्रोतमा स्नान गरी शुद्ध भएर दान, जप, तप र आफन्तसँगको भेटघाट गर्दै रमाइलो गर्ने परम्परा छ। विशेषगरी किसानहरूका लागि यो दिन एक महिना लामो असारे खेताला पूरा भएको खुसियालीका रूपमा मनाइन्छ।

धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराई भन्छन्, ‘‘असार महिनाभर हिलोमैलो र परिश्रममा बिताउने कृषकहरूले साउन १ लाई विश्राम, भेटघाट र औषधीय उपचारको दिनका रूपमा लिने गर्दछन्।’’

आजको दिन ‘लुतो फाल्ने’ धार्मिक अभ्याससमेत हुन्छ। शरीरमा लागेको छालाको रोग हटाउन लुतो हटाउने राक्षस 'कण्डारक'को पूजा गरी कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपातीजस्ता औषधीय वनस्पति प्रयोग गरिन्छ। यस क्रममा नाङ्लो ठटाउने, ढोका बन्द गर्ने, शंख फुक्ने, घण्टा बजाउने परम्परा नेपाली घर–घरमा जीवित छ।

🔸 शिव आराधना र हरियोको रङ्ग :

साउन महिना विशेषगरी भगवान शिवको आराधनाको महिना हो। सोमबार व्रत बस्ने, शिवलिंगमा जल चढाउने, रुद्राभिषेक गर्ने परम्परा यस महिनाभरि चल्दछ। यही महिनामा महिलाहरू हरियो चुरा, हरियो सारी, मेहेन्दी लगाएर प्रकृतिप्रति नजिकताको प्रतीक प्रदर्शन गर्दछन्।

साउन लागेसँगै बजारमा हरियो र रातो पहिरनको माग पनि बढ्दछ। यो उत्सवलाई सांस्कृतिक, धार्मिक र सामाजिक पक्षले एकैसाथ अँगाल्ने पर्वका रूपमा पनि हेर्ने गरिन्छ।

  • Jigyasanepal

थप