Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सिन्धुलीमा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते

  •   १० महिना अघि | ७ पुस २०८२, सोमवार

सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका-६ धुराबजारस्थित एक घरमा आइतबार आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

स्थानीय ६२ वर्षीय दुर्गामान बम्जनको घरमा भान्साकोठाभित्र आगलागी हुँदा उनकी बुहारी ३२ वर्षीया सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए।

उनका अनुसार दुर्गामान बम्जनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको र जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ।

दिउँसो खाजा खाने समयमा बुहारीलाई आगो लागेको देखेपछि निभाउन खोज्दा ससुरालाई पनि आगोले पोलेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ।

घटनाका बेला घरमा मृतक सुशीला, उनका सासू, ससुरा र नन्द घरमा नै भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए।

मृतकका श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् भने उहाँका दुई छोरा र एक छोरी छन्।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको सुवेदीले जानकारी दिए। रासस

  • Jigyasanepal

थप