Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

सुमो दुर्घटना अपडेट: ६ जनाको मृत्यु, ३ जना उपचाररत

मकवानपुरको जुरीखेतमा सुमो सडकबाट १०० मिटर तल खोल्सामा खस्यो

  •   ९ महिना अघि | २० पुस २०८२, आइतवार

काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ। दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाले उपचारका क्रममा ज्यान गुमाएका हुन्।

मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीका अनुसार आइतबार साँझ ५:२० बजेतिर भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा दुर्घटना भएको हो।

काठमाडौँबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका ६ जनाको मृत्यु भएको पुष्टि भए पनि मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

सुमोमा सवार अन्य ३ जना घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको डीएसपी बोगटीले जानकारी दिए। घाइतेहरूको अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाले भीमफेदी–कुलेखानी सडक खण्डमा केही समय सवारी आवागमनसमेत प्रभावित भएको थियो।

  • Jigyasanepal

थप