Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

काभ्रेको खानीखोलामा ड्युटीमै रहेका प्रहरी जवानको लडेर मृत्यु

  •   ९ महिना अघि | २८ पुस २०८२, सोमवार

 काभ्रे ।

काभ्रे जिल्लाको खानीखोला गाउँपालिकामा ड्युटीमा खटिएका एक प्रहरी जवानको लडेर मृत्यु भएको घटनाले सुरक्षा संयन्त्र र प्रहरी संगठनलाई शोकमा डुबाएको छ।

 काभ्रे जिल्लाको खानीखोला गाउँपालिका–२, खानिडाँडा क्षेत्रमा सूचना संकलन तथा निर्वाचन प्रहरी भर्ना सम्बन्धी सूचना प्रवाहको जिम्मेवारीमा खटिएका प्रहरी जवान गोरेटो बाटोबाट खस्दा घटनास्थलमै मृत फेला परेका हुन्।

प्रहरीका अनुसार मिति २०८२ पौष २८ गते, बिहान करिब १०:०० बजे प्रहरी चौकी श्यामपाटी काभ्रेमा संचार दरबन्दी भई हाल प्रहरी चौकी फलामेटार, काभ्रेमा कार्यरत

प्रहरी हवल्दार रामकृष्ण खड्का (क.कोड–३९९५९५, संकेत नं. C–००१०२४४५) उमेर ३५ वर्ष, स्थायी वतन दोलखा जिल्ला, शैलुङ गाउँपालिका–५, काटाकुटी, सूचना संकलन तथा निर्वाचनसम्बन्धी प्रहरी भर्ना सूचना प्रवाहको कार्यका लागि खटिएका थिए।

सोमवार अपराह्न करिब ३.३० बजे, उनी गोरेटो बाटोबाट करिब २५ मिटर तल रहेको सडकमा लडेर मृत अवस्थामा फेला परेको स्थानीयले देखेपछि प्रहरी चौकी फलामेटारमा खबर गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ

प्रहरी चौकी फलामेटार काभ्रेका प्रहरी जवान मुरारी झा र प्रहरी चौकी तालढुंगा काभ्रेबाट प्र.ना.नि. इन्द्रबहादुर राउतको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेर क्षेत्र सुरक्षित गरिएको थियो।घटनाबारे ४ बजे जिल्ला प्रहरी कार्यालय काभ्रेलाई औपचारिक जानकारी गराइएको थियो।

घटनास्थल मुचुल्का तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय देविटार काभ्रेबाट प्र.नि. मनराज बानियाको कमाण्डमा पाँच जनाको टोली

तथा जिल्ला प्रहरी कार्यालय काभ्रेबट SOCO (घटनास्थल अनुसन्धान) सहितको टोली घटनास्थलमा खटिएको छ। घटनास्थल प्रहरी चौकी फलामेटार काभ्रेदेखि करिब ३०० मिटर पश्चिमतर्फ पर्ने क्षेत्र रहेको जनाइएको छ।

प्रहरीका अनुसार हाल घटनालाई लडेर मृत्यु भएको प्रारम्भिक निष्कर्षका रूपमा लिइएको छ। तर, घटनाको वास्तविक कारण, अवस्था र अन्य सम्भावित पक्षबारे विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ।

  • Jigyasanepal

थप