Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | ३१ भदौ २०८२, मङ्लबार

काठमाडौँ, भदौ ३१ ।

देशमा मनसुन सक्रिय भइरहेका बेला आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ भने अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव परेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना छ।

त्यसैगरी, आज राति पनि देशभर सामान्य बदली रहने छ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने र कोशी तथा सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र बाढीको जोखिम उच्च हुने चेतावनी दिएको छ। ठूला तथा साना नदी–नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन सबैलाई आग्रह गरिएको छ।

 महाशाखाले यातायात क्षेत्र प्रभावित हुन सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रु, स्थानीय बासिन्दा र सरोकारवाला निकायलाई उच्च सतर्क रहन सुझाव दिइएको छ।


  • Jigyasanepal

थप