Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु

  •   १ वर्ष अघि | २३ भदौ २०८२, सोमवार

काठमाडौं । सोमबार भएको २८ वर्ष मुनी ‘जेन–जी’ पुस्ताले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रदर्शनका क्रममा सोमबार प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको बताइएको छ ।

घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार घाइतेमध्येका एकजनाको मृत्यु भएको छ भने ७०–८० जना घाइतेको उपचाररत छन् ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । सरकारले पछिल्लो समय नेपालमा दर्ता नभएका फेसबुकलगायत सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि इतिहासमै पहिलो पटक जेन–जी पुस्ताले संघीय राजधानी काठमाडौंसहित देशभर विशाल प्रदर्शन भइरहेको छ ।

उनीहरुले हाम्रो देश कसले बचाउछ रु, लगानीभन्दा भ्रष्टाचार बढी, मेरो पैसा दे जस्ता प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् । सरकारले केही दिन अघिबाट नेपालमा दर्ता नभएका फेसबुकलगायत विभिन्न सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको छ ।

  • Jigyasanepal

थप