Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

काभ्रेको सुसन्देश साप्ताहिक २३ औं वर्षमा प्रवेश, ‘नेत्रवाण डटकम’ अनलाइन शुरु

  •   १ वर्ष अघि | ५ भदौ २०८२, बिहिबार

काभ्रे । काभ्रेपलाञ्चोकको पुरानो र लोकप्रिय पत्रिका सुसन्देश साप्ताहिक २३ औं वर्षमा प्रवेश गरेको छ। “सत्य, तथ्य, निष्पक्ष पत्रकारिताको लागि” भन्ने मूल नारासहित पत्रकार यदुनाथ गौतम (देउपुरे) को नेतृत्वमा सुरु भएको यो पत्रिकाले स्थापना दिवसको अवसरमा नयाँ अनलाइन पोर्टल ‘नेत्रवाण डटकम’ सुभरम्भ गरेको छ।

धुलिखेलमा बिहीबार आयोजित कार्यक्रममा पूर्वसभामुख तथा नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्नीप्रसाद सापकोटाले नेत्रवाण डटकमको औपचारिक शुभारम्भ गरे। उनले बर्तमान सरकार को आलोचना गर्दै उपसभामुख इन्दिरा राणा माथी महाभियोग लगाउने कुरा स्वार्थ केन्द्रित र सत्ता कब्जा को रणनीति केन्द्रित रहेको बताए । कार्यक्रममा काभ्रे छेत्र नम्बर १ का संघीय सांसद सुर्यमान दोङ, प्रदेश सभा सदस्य रत्न ढकाल, लक्ष्मण लम्साल, एमाले काभ्रे अध्यक्ष राजन भुर्तेल, जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतम, मण्डनदेउपुर नगरपालिकाकी उपप्रमुख विष्णुमणि नेपाल, बागमती प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा लगायतको उपस्थिति थियो।

शुभारम्भ समारोहमा वक्ताहरूले पत्रकारिताले मुलुकको परिवर्तनमा खेलेको ऐतिहासिक भूमिकाको चर्चा गर्दै अबको आवश्यकता डिजिटल पत्रकारिता रहेकोमा जोड दिए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काभ्रेका संयोजक भोला अर्याल, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना लगायतले पत्रिकाले समाजमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरे। साथै, विभिन्न संघसंस्था तथा व्यक्तित्वहरू – अमृत अधिकारी, रविन मानन्धर, विपाशना शाक्य लगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो।

२३ वर्षको निरन्तर यात्रा पूरा गरी डिजिटल युगमा प्रवेश गरेको सुसन्देश साप्ताहिकले आगामी दिनमा अझ सशक्त पत्रकारितासहित अग्रसर हुने प्रतिबद्धता जनाएको छ।

  • Jigyasanepal

थप