Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

बनेपामा सामुदायिक कुकुर शंकास्पद अवस्थामा फेला, रेबिज परीक्षणका लागि नमुना संकलन

  •   ९ महिना अघि | २१ पुस २०८२, सोमवार

बनेपा । बनेपा नगरपालिका वडा नम्बर १० अन्तर्गत सगर ग्यास उद्योग नजिक सामुदायिक कुकुर शंकास्पद अवस्थामा फेला परेको छ। कुकुरको अवस्था अस्वाभाविक देखिएपछि सम्भावित रेबिज संक्रमणको आशंकामा आवश्यक परीक्षण प्रक्रिया अघि बढाइएको छ।

सम्बन्धित प्राविधिक टोलीले कुकुरबाट आवश्यक नमुना संकलन गरी रेबिज परीक्षणका लागि प्रक्रिया थालेको जनाएको छ। प्रारम्भिक परीक्षणपछि थप ल्याब परीक्षणका लागि उक्त नमुना केन्द्रीय पशुरोग अन्वेषण प्रयोगशालामा पठाउने तयारी गरिएको बनेपा नगरपालिका कृषि तथा पशुपन्छी सेवा शाखाका प्रमुख रामसुन्दर सापकोटाले जानकारी दिनुभयो ।


वहाँले भन्नुभयो - स्थानीय बासिन्दाको सुरक्षालाई ध्यानमा राख्दै नमुना संकलन र व्यवस्थापनको काम सावधानीपूर्वक गरिएको छ। 


स्थानीय निकाय र पशु स्वास्थ्यसम्बन्धी निकायहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै शंकास्पद अवस्थामा देखिने पशुसँग प्रत्यक्ष सम्पर्क नगर्न तथा कुनै घटना भए तुरुन्त सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेका छन्।

रेबिज जस्तो घातक रोगको जोखिम न्यूनीकरणका लागि समयमै परीक्षण र निगरानी अत्यन्त आवश्यक हुने भएकाले यस घटनालाई गम्भीर रूपमा लिइएको सम्बन्धित अधिकारीहरूले बताएका छन्।

  • Jigyasanepal

थप