Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

दिउँसो पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

  •   १ वर्ष अघि | २ असोज २०८२, बिहिबार

काठमाडौँ, असोज २ – देशका विभिन्न भूभागमा आज पनि पानी पर्ने क्रम जारी रहने मौसमविद्हरूले बताएका छन्। विशेषगरी कोसी, मधेस, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागमा दिउँसो भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा हुने देखिएको छ भने केही स्थानमा वर्षा तीव्र भई भारी वर्षामा बदलिन सक्ने खतरा छ।

आज राति पनि वर्षा रोकिने देखिएको छैन। रातभर देशभर आकाश बदली रहनेछ भने कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मध्यम वर्षा जारी रहने अनुमान गरिएको छ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा प्रवेश गरिरहेको मौसमविद्हरूले बताएका छन्।

वर्षाको परिभाषा


१० मिमीभन्दा कम पानी : हल्का वर्षा


१०–५० मिमी : मध्यम वर्षा


५०–१०० मिमी : भारी वर्षा


१००–२०० मिमी : धेरै भारी वर्षा


२०० मिमीभन्दा माथि : अति भारी वर्षा

मौसम महाशाखाका अनुसार ‘दिउँसो’ भन्नाले बिहानदेखि साँझ ६ बजेसम्मको समय र ‘राति’ भन्नाले साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मलाई जनाइएको हो।

विशेषगरी भारी वर्षाको सम्भावना देखिएका प्रदेशका नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।


  • Jigyasanepal

थप