Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

सामाजिक सञ्जाल बन्द भ्रष्टाचार विरुद्धको प्रदर्शन : मृतक संख्या १४ पुग्यो

  •   १ वर्ष अघि | २३ भदौ २०८२, सोमवार

काठमाडौं, भदौ २३ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका ‘जेनजी’ पुस्ताको आन्दोलन अझ उग्र बन्दै गएपछि मृत्यु हुनेको संख्या १४ पुगेको छ । आइतबार दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु पुष्टि भइसकेकोमा सिभिल अस्पतालमा थप एक प्रदर्शनकारीले ज्यान गुमाएपछि मृतक संख्या १४ पुगेको हो ।


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत अवस्थामै प्रदर्शनकारीहरूले ज्यान गुमाएका हुन् । ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको आधिकारिक तथ्याङ्क प्राप्त भएको छ ।


यद्यपि घाइतेहरूको यकिन विवरण भने अझै आइसकेको छैन । आन्दोलनका क्रममा दर्जनौँ घाइते भएका र विभिन्न अस्पतालमा उपचार भइरहेको बताइए पनि ठ्याक्कै संख्या सार्वजनिक गरिएको छैन ।


सामाजिक सञ्जाल दर्ता अनिवार्य गर्ने र सूचीकृत नभएका प्लेटफर्म बन्द गर्ने सरकारी निर्णयविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको थियो । प्रदर्शन चर्किँदै गएपछि राजधानीका विभिन्न ठाउँमा भिडन्त भएको थियो ।


👉 एकपछि अर्को मृत्यु : सामाजिक सञ्जाल बन्दको निर्णयले मुलुकभर तनाव बढाउँदै


  • Jigyasanepal

थप