Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

ग्वाटेमालामा भीषण बस दुर्घटना, ५५ जनाको मृत्यु

  •   २ वर्ष अघि | २९ माघ २०८१, मङ्लबार

ग्वाटेमाला सिटी – मध्य अमेरिकी राष्ट्र ग्वाटेमालामा सोमबार भएको एक बस दुर्घटनामा ५५ जनाको ज्यान गएको छ। यात्रु भरिएको बस सान अगस्टिन अकासाग्वास्टलान सहरबाट राजधानी ग्वाटेमाला सिटी जाँदै गर्दा दुर्घटनामा परेको हो।

स्थानीय अधिकारीहरूका अनुसार बस सडकबाट चिप्लिएर झण्डै २० मिटर गहिरो नालीमा खसेको थियो। अग्नि नियन्त्रक अधिकारी एडविन भिल्लाग्रानका अनुसार दुर्घटना अन्य सवारी साधन एकअर्कासँग ठोक्किएपछि भएको बताइएको छ। दुर्घटनापछि बसको आधा भाग पानीमा डुबेको हुँदा यात्रुहरू बाहिर निस्कन सकेनन्।

सरकारी अधिकारीहरूका अनुसार बसमा करिब ७० जना सवार थिए। ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै तीन दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्।

यातायात मन्त्री मिगुएल एन्जल डियाजले प्रारम्भिक अनुसन्धान अनुसार बस ३० वर्ष पुरानो भए पनि यसको सञ्चालन अनुमति अझै वैध रहेको बताएका छन्। दुर्घटनाको विस्तृत कारण पत्ता लगाउन थप अनुसन्धान भइरहेको छ।


  • Jigyasa media

थप