Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

विश्वहिन्दु महासंघ पनौती नगर कार्य समितिको वार्षिक भेला भव्य रूपमा सम्पन्न

  •   २ वर्ष अघि | १७ चैत्र २०८१, आइतवार

पनौती, चैत्र १७– विश्वहिन्दु महासंघ नेपाल काभ्रे पनौती नगर समितिले आफ्नो वार्षिक साधारण सभा भव्य र सभ्यताका साथ सम्पन्न गरेको छ। पनौती–४ स्थित ताम्रकार पार्टी भेनुमा आयोजित यस भेलाबाट मोहन कुमार बस्नेतको नेतृत्वमा पुनः दोस्रो कार्यकालका लागि ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ। साथै, गणेश बस्नेतको अध्यक्षतामा नगरस्तरीय युवा समिति समेत विस्तार गरिएको छ।

उक्त कार्यक्रममा धर्म अनुरागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व पनौती नगरसमितिका अध्यक्ष मोहन कुमार बस्नेतले गरेका थिए भने प्रमुख अतिथिका रूपमा बागमती प्रदेश प्रमुख उद्दब नेपाल उपस्थित थिए। विशेष अतिथिहरूमा विश्वहिन्दु महासंघ काभ्रेका अध्यक्ष प्रविन थिताल, शब्द प्रकाशनका हरिमञ्जुश्री, स्कोन नेपाल काभ्रे जिल्ला अध्यक्ष भावना बस्नेत बन्जारा, ज्योतिष समाजका केन्द्रीय सदस्य ज्योतिष पं. हरिहर सुवेदी लगायत थिए।


त्यस्तै, अन्य अतिथिहरूमा सल्लाहकार तथा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष महेश पौडेल, विश्वहिन्दु महासंघ केन्द्रीय सदस्य पं. रामहरि सिग्देल, साहित्यकार सुर्य लाकोजू, बिन्दबासिनी प्रतिष्ठान पनौती–५ का कोषाध्यक्ष, काभ्रे सेवा समाजका महासचिव राघवसिंह थापा, केन्द्रीय सदस्य अप्सरा ढुंगाना, मञ्जु आचार्य, राजु बस्नेत, पनौती जात्रा व्यवस्थापन समितिका अध्यक्ष कृष्णधन कर्माचार्य, गायक रामहरि न्यौपाने, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्य, बनेपा कार्यसमितिका सिद्धि बहादुर कर्माचार्य लगायतका पालिका अध्यक्ष तथा पदाधिकारीहरू उपस्थित थिए।

कार्यक्रममा विभिन्न धार्मिक मन्तव्य तथा भजन प्रस्तुत गरियो। धार्मिक तथा सांस्कृतिक झल्काउने खैजडु भजनले उपस्थित धर्मअनुरागीहरूको मन आनन्दित बनायो। धिमे बाजाले स्वागतम व्यक्त गरेको यस कार्यक्रममा सचितिर्थ त्रिवेणी गुरुकुलका बटुकहरूले स्वस्ति शान्तिको पाठ गरेका थिए भने स्कोन नेपालका सदस्यहरूले शंख तथा ‘हरेराम हरेकृष्ण’ ध्वनि गुन्जाएका थिए।

धार्मिक तथा सांस्कृतिक प्रस्तुति दिने धिमे बाजा तथा खैजडु समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो भने आजीवन सदस्यता लिने व्यक्तिहरूको उल्लेखनीय संख्या देखिएको थियो।

कार्यक्रम सञ्चालन विश्वहिन्दु महासंघ काभ्रेका सह-सचिव प्रयागराज के.सी. ले गरेका थिए भने व्यवस्थापन जिल्ला सदस्य जयबहादुर बस्नेतले सम्हालेका थिए। उपस्थित धार्मिक व्यक्तित्व तथा अतिथिहरूलाई स्वागत प्रवचन विश्वहिन्दु महासंघ काभ्रेका वरिष्ठ उपाध्यक्ष रामकुमार बस्नेतले प्रस्तुत गरेका थिए।


  • Jigyasa media

थप