Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कालीमाटीमा काउलीको मूल्यमा भारी गिरावट, प्याजसहित अन्य तरकारी पनि सस्तियो

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत २१ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबार जारी गरेको थोक मूल्यसूची अनुसार केही तरकारीको मूल्यमा गिरावट आएको छ। विशेष गरी काउलीको मूल्य प्रतिकिलो २० रुपैयाँभन्दा बढीले घटेको छ भने प्याजसहितका अन्य तरकारी पनि सस्तो भएका छन्।

समितिका अनुसार, आज ठूलो नेपाली गोलभेँडाको थोक मूल्य ३५ रुपैयाँ, सानो नेपाली गोलभेँडा १७ रुपैयाँ, तराईको सानो गोलभेँडा २२ रुपैयाँ, ठूलो भारतीय गोलभेँडा ४५ रुपैयाँ, रातो आलु ३२ रुपैयाँ, भारतीय रातो आलु ३७ रुपैयाँ, सुकेको भारतीय प्याज ४६ रुपैयाँ, तराईको गाजर ३२ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ, स्थानीय काउली २५ रुपैयाँ, ज्यापु काउली २५ रुपैयाँ पुगेको छ।

तरकारीको मूल्य हिजोको तुलनामा हेर्दा, काउलीको मूल्य ४५ रुपैयाँबाट घटेर २५ रुपैयाँमा झरेको छ। त्यसैगरी, सुकेको भारतीय प्याजको मूल्य पनि ४९ रुपैयाँबाट ४६ रुपैयाँमा झरेको छ।

अन्य केही तरकारीमा पनि गिरावट देखिएको छ। करेला ११० रुपैयाँ, परवल ८५ रुपैयाँ, घिरौँला ६५ रुपैयाँ, झिँगुनी ७५ रुपैयाँ, हरियो फर्सी २७ रुपैयाँ, भिन्डी १०५ रुपैयाँ, कन्य च्याउ १७० रुपैयाँ, डल्ले च्याउ २७६ रुपैयाँ, कुरिलो ५०० रुपैयाँ, सजिवन १७६ रुपैयाँ प्रतिकिलोमा थोकमा किनबेच भइरहेको छ।

कृषि बजार विश्लेषकहरुका अनुसार, मौसमी उत्पादन वृद्धि, आयातमा सहजता र थोक बजारमा आपूर्तिको वृद्धिका कारण तरकारीको मूल्यमा गिरावट आएको हो। उपभोक्ताहरुका लागि यो मूल्य गिरावट सकारात्मक भए पनि किसानहरुका लागि भने आम्दानीमा असर पर्ने देखिएको छ।

थोक मूल्यमा आएको गिरावट खुद्रा बजारमा पनि प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ। उपभोक्ताहरुलाई अझै सस्तो मूल्यमा तरकारी पाउने सम्भावना रहेकाले बजार अनुगमनलाई पनि प्रभावकारी बनाउनुपर्ने सरोकारवालाहरुको भनाइ छ।


  • Jigyasa media

थप