Breaking News
पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||     नेपालमा एकसाथ ४ मौसम प्रणाली सक्रिय, देशभर चट्याङ, असिना र वर्षाको उच्च सम्भावना    ||     काभ्रेली स्रष्टा प्रदीप सापकोटा सम्मानित    ||     ७ वर्षपछि खुल्यो रहस्य: ‘दुर्घटना’ भनिएको घटनामा श्रीमतीसहित परिवारकै संलग्नता, तीन महिला पक्राउ    ||    

भीषण दुर्घटना : बालिकासहित दुईको मृत्यु, २२ घाइते

  •   १ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

लुम्बिनी, चैत २६ — लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित भरवलिया गाउँमा सोमबार साँझ एक पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन्।

शिवगढिया मोड नजिकै लु १ च २७६३ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई पल्टिँदा १२ वर्षीया अस्मिता यादव र ४८ वर्षीया जानमती यादव को घटनास्थलमै मृत्यु भएको प्रहरीको प्रारम्भिक विवरण छ।

मृतकमध्ये अस्मिता गैंडहवा गाउँपालिका–१ शिवपुर निवासी हुन् भने जानमती शुद्धोधन गाउँपालिका–६ मानमटेरीया की हुन्।

२४ जना थिए सवार, मुण्डन सकेर फर्कंदै थिए घर

उक्त पिकअपमा २४ जना यात्रु सवार थिए। उनीहरू लुम्बिनीस्थित मायादेवी मन्दिरबाट मुण्डन संस्कार सकेर घर फर्कंदै थिए।

प्रत्यक्षदर्शी सन्दीप गुप्ताका अनुसार, भ्यानको गति अत्यधिक थियो र मोडमा अनियन्त्रित भई पल्टिएको थियो।

तीनको अवस्था गम्भीर, चालक नियन्त्रणमा

घाइतेमध्ये तीन जनाको लुम्बिनीको लाइफ केयर अस्पताल र अन्य १९ जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि भ्यानका चालक अशोक पासी (२६), शुद्धोधन–४ बिठुवा निवासीलाई प्रहरीले नियन्त्रणमा लिई मामला अनुसन्धान अघि बढाएको छ।

पिकअपमा क्षमताभन्दा बढी यात्रु

प्रहरी नायब उपरीक्षक सुरज कार्की का अनुसार सामान ढुवानीका लागि प्रयोग हुने पिकअप भ्यानमा क्षमताभन्दा धेरै मानिस चढाइएको कारण दुर्घटना भएको हो।

उनका अनुसार, भ्यानको भारवहन सीमा नाघिएकाले नियन्त्रण गुम्न गइ दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।



  • Jigyasa media

थप