Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

१७ वर्षअघि छिमेकीको हत्या गरी साधु बनेर लुकेका लोकनाथ अन्ततः पक्राउ

  •   २ वर्ष अघि | २६ चैत्र २०८१, मङ्लबार

काठमाडौं, चैत २७ । १७ वर्षअघि छिमेकीको हत्या गरेर फरार रहेका पर्सा जिल्लाका लोकनाथ साह तेलीलाई प्रहरीले अन्ततः पक्राउ गरेको छ। उनी भारतमा ‘नक्कली साधु’ बनेर एक मन्दिरमा आश्रय लिइरहेका थिए।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार, पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिका–२ निवासी ६२ वर्षीय लोकनाथले २०६४ साल वैशाख २५ गते छिमेकी ढोडा मुखिया विनको गोली हानी हत्या गरेका थिए। हत्या पछिको लामो समय उनी फरार थिए।

प्रहरीले बताएको अनुसार उनी भारतको बिहारस्थित चम्पारण जिल्लाको पिरिया गाउँमा रहेको रामजानकी मन्दिरमा झण्डै एक दशकदेखि पुजारीका रूपमा जीवन बिताइरहेका थिए। उनले साधुको भेषमा आफूलाई लुकाउँदै आएका थिए।

सर्वोच्च अदालतले २०६९ साल कात्तिक २४ गते उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। नेपाल फर्किएको अवसरमा सीआईबीको टोलीले उनलाई पर्साको वीरगञ्जबाट सोमबार पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो।

सीआईबीका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जनाएअनुसार, पक्राउ परेका तेलीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पर्सामा बुझाइएको छ।



  • Jigyasa media

थप