Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

दुर्गा मूर्ति सेलाउँदा नहरमा डुबेर किशोरको निधन

  •   २ वर्ष अघि | २६ असोज २०८१, शनिबार

वीरगन्ज: पर्सा जिल्लामा शनिबार दुर्गा भवानीको मूर्ति सेलाउने क्रममा एक १८ वर्षीय किशोरले गण्डक नहरमा ज्यान गुमाएका छन्। बहुदरमाई नगरपालिका–४, डोकैला बहुअरी निवासी अजितकुमार महत्तो धानुकको दुर्गा मूर्ति विसर्जन गर्ने क्रममा डुबेर निधन भएको हो।

स्थानीय बलिरामपुर गाउँ नजिकको नहरमा साथीहरूसँग मूर्ति सेलाउन पसेका अजित डुब्न पुगेका थिए। उनलाई उद्धार गर्न प्रयास भए पनि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिएका छन्। मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्जमा पठाइने तयारी भइरहेको छ।

सावधानीको महत्व: यस प्रकारका घटना पुनः नदोहोरियोस् भनेर मूर्ति विसर्जनको बेला सावधानी अपनाउन स्थानीयलाई सचेत बनाउने आवश्यकता देखिएको छ।


  • Jigyasa media

थप