Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न व्यक्ति १७ वर्षपछि पक्राउ

  •   २ वर्ष अघि | १६ साउन २०८१, बुधबार

काठमाडौं - काठमाडौं मिनभवनस्थित नेपाल कमर्स क्याम्पसका प्राध्यापक धर्मराज विष्टको हत्यामा संलग्न भएको आरोप लागेका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले रञ्जन खड्कालाई पक्राउ गरेको हो।


यस घटनामा यसअघि विनोद थापा र सबिता थापा अधिकारीलाई पनि पक्राउ गरिएको थियो। २०६४ असार २६ गते शंखमुलमा निर्घात कुटपिटबाट प्राध्यापक विष्टको मृत्यु भएको थियो। सबितालाई जिस्काएको निहुँमा विष्टमाथि सांघातिक आक्रमण भएको थियो। सबिता गत चैतमा पक्राउ परेकी थिइन्। विनोद भने १० वर्ष जेल बसेर २०७९ सालमा छुटेका थिए।


हाल पक्राउ परेका रञ्जन, विनोदका मामाका छोरा हुन्। रञ्जन लामो समयदेखि भारतमा लुकेर बस्दै आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सानुराम भट्टराईले जानकारी दिएका छन्।


  • Jigyasa media

थप