Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

अमेरिका कार दुर्घटना : दाङ तुलसीपुरका रोजिनको दुखद निधन, चिकित्साशास्त्र पढ्दै गरेका थिए

  •   १ वर्ष अघि | ३२ असार २०८२, बुधबार

असार ३२, तुलसीपुर —

अमेरिकाको लुइसियानामा हालै भएको कार दुर्घटनामा ज्यान गुमाएका दुई नेपाली विद्यार्थीमध्ये एकजना दाङ, तुलसीपुरका २० वर्षीय रोजिन ओली भएको खुलेको छ। चिकित्सक बन्ने ठूलो सपना बोकेर १० महिना अघि अमेरिका गएका उनी अब कहिल्यै नफर्किने गरी अस्ताएका छन्।

दुर्घटना यही जुलाई १३ तारिख, शनिबार राति ९ बजेतिर अमेरिकी समयअनुसार लुइसियाना राजमार्ग ५०७ को पश्चिममा अवस्थित अमेरिकी राजमार्ग ८० मा भएको हो। वर्षा र हुरीबतासबीच सन्तुलन गुमाएको उनीहरू सवार कार रूखमा ठोक्किएर सडकबाट तल खसेको थियो।

यस दर्दनाक दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–४, रक्षाचौर निवासी रोजिन ओली र अर्का नेपाली विद्यार्थी २२ वर्षीय राजन यादवको घटनास्थलमै मृत्यु भएको हो।

उनीहरू लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत थिए।

रोजिनका काका पोषण ओलीका अनुसार, “उनी चिकित्साशास्त्र अध्ययनका लागि अमेरिका गएका थिए। घरमा आमा-बुबा र एकजना दाजु मात्रै छन्। उनी भर्खर १० महिना अघि मात्र अमेरिका गएका थिए, सबैको सपना थिए उनी।”

उनीसँगै मृत्यु भएका राजन यादवको स्थायी ठेगाना सर्लाहीतर्फ रहेको अनुमान गरिएको छ, यद्यपि विस्तृत विवरण अझै खुलेको छैन।

दुर्घटनाको समाचारले दाङ मात्रै होइन, सिङ्गो नेपाली समुदाय शोकमा डुबेको छ। विदेशमा भविष्य खोज्न गएका युवाहरू यति असमयमा मृत्युवरण गर्नु दुःखद मात्र नभई चेतनाको विषय पनि हो।

  • Jigyasanepal

थप