Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

इमरान खानको पार्टीका १६६ नेता १० वर्षका लागि जेल, विपक्षी नेतासहित ठूला नाम समेटिए

  •   ९ महिना अघि | १५ साउन २०८२, बिहिबार

काठमाडौं । पाकिस्तानको आतंकवाद विरोधी अदालत (एटीसी)ले पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको पार्टी पाकिस्तान तहरीक-ए-इन्साफ (PTI) का १६६ जना नेता तथा कार्यकर्तालाई १०–१० वर्षको जेल सजाय सुनाएको छ।

सजाय पाउनेमा विपक्षी नेता उमर अयूब, सिनेटमा विपक्षी दलका नेता शिबली फराज, पूर्वमन्त्री जरताज गुल र हमिद रजा जस्ता चर्चित नामहरू पनि छन्। यो फैसला सन् २०२३ मे ९ मा पाकिस्तानका विभिन्न सैन्य र सुरक्षा भवनहरूमा भएको आक्रमण सम्बन्धी मुद्दामा गरिएको हो।

उक्त दिन इमरान खान पक्राउ परेपछि उनका समर्थकहरूले लाहोरस्थित जिन्ना हाउस, मियाँवाली एयरबेस, रावलपिण्डीको सेना मुख्यालय र फैसलाबादको आईएसआई भवन लगायतका स्थानहरूमा आक्रमण गरेका थिए।

त्यसैदिनको घटनासँग सम्बन्धित अर्को मुद्दाअन्तर्गत फैसलाबादको प्रहरी चौकीमाथिको आक्रमण आरोपमा अदालतले थप ५८ जनालाई पनि १० वर्षको जेल सजाय सुनाएको छ।

अदालतको पछिल्ला फैसलाहरूपछि हालसम्म १४ जना सांसदहरू अयोग्य घोषित भइसकेका छन्।

राजनीतिक प्रेरणा रहेको पीटीआईको दाबी

पीटीआईले यो फैसला राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गरेको छ। पार्टीका अनुसार यो कदम संसद् र सिनेटमा रहेका नेताहरूलाई हटाउने नियोजित प्रयास हो।

पार्टीका अन्तरिम अध्यक्ष गोहर अलीले फैसलाविरुद्ध लाहोर उच्च अदालतमा चुनौती दिने बताएका छन्।

इमरान खान अझै जेलमै, परिवारलाई पनि सजाय

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई सन् २०२२ को अप्रिलमा भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी पदबाट हटाइएको थियो। सन् २०२३ को अगस्टदेखि उनी जेलमा छन्।

उनको भतिजा हसन खानलाई पनि सैन्य अदालतले १० वर्षको जेल सजाय सुनाएको छ।

यता, इमरान खानकी बहिनी अलीमा खानले उनका छोरा सुलेमान र कासिम आगामी ५ अगस्तदेखि सुरू हुने पीटीआईको देशव्यापी आन्दोलनमा सहभागी हुन पाकिस्तान फर्कने घोषणा गरेकी छन्।

तर, पञ्जाब सरकारले कडा चेतावनी दिँदै यदि उनीहरूबाट कुनै हिंसात्मक गतिविधि भयो भने कडा कारबाही गरिने बताएको छ।

  • Jigyasanepal

थप