Breaking News
वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||    

निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र ठेकेदार र कामदारको शव फेला

  •   १ वर्ष अघि | २८ साउन २०८२, बुधबार

सुनसरी, साउन २८ । सुनसरीको दुहबी नगरपालिका–४ मा निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीभित्र दुई जना मृत फेला परेका छन्। मृतकमा दुहबी–२ निवासी ५० वर्षीय श्यामबहादुर तामाङ र ३२ वर्षीय रमेश राई रहेका छन्।

तामाङले घर निर्माणको पेटी ठेक्का लिएका थिए भने राई कामदारका रूपमा कार्यरत थिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार आज बिहान करिब १० बजे दुहबी–४, शिव मन्दिर चोकस्थित चन्द्रिका रौनियारको निर्माणाधीन घरमा उनीहरू मृत भेटिएका हुन्।

स्थानीयवासीहरूले शव देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय दुहबीको टोली घटनास्थल पुगेपछि तत्काल अनुसन्धान प्रक्रिया सुरु गरिएको छ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट फरेन्सिक विशेषज्ञ टोली घटनास्थलमा पुगेर प्रारम्भिक परीक्षण गरेको प्रहरीले जनाएको छ। मृत्युको कारण अझै स्पष्ट हुन बाँकी रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

  • Jigyasanepal

थप