Breaking News
आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||    

नेपालमा भूकम्पका कारण काभ्रेमा १ सहित १३ जना घाइते, ९ संरचनामा क्षति

  •   २ वर्ष अघि | २३ पुस २०८१, मङ्लबार

काठमाडौं। मंगलबार बिहान गएको भूकम्पका कारण नेपालमा १३ जना घाइते भएका छन्। प्रहरीका अनुसार बारामा ११ जना, काठमाडौंमा १ जना र काभ्रेमा १ जना घाइते भएका छन्।

भूकम्पले देशका विभिन्न स्थानमा क्षति पुर्‍याएको छ। ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, ताप्लेजुङ, काभ्रे, बारा, काठमाडौं, सिन्धुपाल्चोक र रामेछापमा क्षतिको विवरण प्राप्त भएको छ।

९ संरचनामा क्षति

भूकम्पका कारण विभिन्न जिल्लाका ९ भौतिक संरचनामा क्षति पुगेको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६:५० बजे चीनको तिब्बतस्थित दिंगे काउन्टीलाई केन्द्रबिन्दु बनाएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो। यसको धक्का नेपालका धेरै स्थानमा महसुस गरिएको थियो।

प्रभावित क्षेत्रमा स्थानीय प्रशासनले क्षतिको विवरण संकलन र आवश्यक राहतका लागि कार्य जारी राखेको छ।


  • Jigyasa media

थप