Breaking News
खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||     च्यातिएको खल्ती    ||     पहाडदेखि हिमालसम्म मौसम बदली, केही ठाउँमा हल्का वर्षा र हिमपात    ||    

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण, हरि बुढामगरले विश्वलाई देखाए अदम्य साहस

  •   ९ महिना अघि | २८ पुस २०८२, सोमवार

 पुस २८, २०८२ सोमबार, काठमाडौँ

‘शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन’, कृत्रिम खुट्टाको सहायतामा पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेका हरि बुढामगरले भन्नुभयो। उहाँले थप्नुभयो, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु। मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ हुँ।"

समुद्री सतहदेखि ४,८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्व गोर्खासमेत रहेका ४६ वर्षीय हरि बुढामगरले विश्वका सातै महादेशका उच्च शिखर सफलतापूर्वक आरोहण गर्ने इतिहास रचेका छन्। रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मेका हरि विश्व साहसको प्रतीक बनेका छन्।

आरोहण अनुभव सुनाउँदै उनले भने, “यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो। तीव्र हावा र कठोर चिसोले मेरा औँला जमिरहेका थिए। मेरो अनुहारमा चिसोको जलन भइरहेको थियो। घरीघरी म आफैँ माथि शंका गर्थेँ। भगवानमा विश्वास नगर्ने म हामी सफल होऔँ भनेर प्रार्थना गरिरहेको हुन्थेँ।"

हरि बुढामगरले यो आरोहणको क्रममा आत्मविश्वास र निरन्तर प्रयासको महत्वको जोड दिनुभयो। “यो एक अद्भुत अनुभूति हो। म बयान गर्न सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ। तर, सातै महादेशका उच्च शिखर सफलतापूर्वक आरोहण गरेका छौँ। म धेरै भावुक छु। अपाङ्गता भएता पनि मैले यो असम्भव काम सम्पन्न गरेको छु। हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शीर उचो बनाउने काममा योगदान पुर्‍याउँछ,” उहाँले भावुकतापूर्वक भन्नुभयो।

हरिले यसअघि पनि १९ मे २०२३ मा सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा माउन्ट किलिमन्जारो (५,८९५ मिटर), २८ जुन २०२४ मा डेनाली (६,१९० मिटर), २२ फेब्रुअरी २०२५ मा एकोनकागुआ (६,९६१ मिटर) को सफल आरोहण गरिसकेका थिए। त्यस्तै न्यु गिनीको पुन्चाकजयु (४,८८४ मिटर), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) र पछिल्लो बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनमा सफल आरोहण गरी सातै महादेशको शिखर चढ्ने नयाँ किर्तिमान कायम गरेका छन्।

गिनिज वल्र्ड रेकर्डले समेत उनलाई मान्यता दिएको छ। माउन्ट भिन्सनमा पाइला टेक्दा हरिले अनुभव सुनाउँदै भने, “आँखाले देखेजति क्षितिजसम्मै हिउँ नै हिउँ, यो चामत्कारिक र स्वर्गजस्तै लाग्थ्यो।”

कृत्रिम खुट्टाको भरमा उनले विश्वलाई देखाए कि साहस, आत्मविश्वास र निरन्तर प्रयासले असम्भव काम पनि सम्भव हुन्छ।

  • Jigyasanepal

थप