Breaking News
प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||     हिम्लुङ हिमपहिरोमा भेटिएका काभ्रेका तीन जनाको शव आज काठमाडौं ल्याइँदै    ||     रहेनन् अग्रज पत्रकार रामशरण खरेल    ||    

महिलाले काटिदिइन् पतिको गोप्य अंग !

  •   १२ महिना अघि | २८ असोज २०८२, मङ्लबार

असोज २८, २०८२ 

मोरङको कटहरीमा महिलाले पतिको गोप्य अ‌ंग काटिदिएकी छन्। 

मोरङ जिल्ला प्रहरी कार्यालयका अनुसार आपसी विवादका क्रममा कटहरी गाउँपालिका-२ मा पत्नीले ३२ वर्षीय कामत थरका पुरुष (गोप्यताका लागि नाम नखुलाइएको) को लिंग धारिलो हतियारले काटिदिएकी हुन्। 

सोमबार राति दुई जनाबीच विवाद हुँदा ३० वर्षकी पत्नीले उनको लिंगमा धारिलो हतियारले प्रहार गरेको मोरङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। 

‘धारिलो हतियारले पुरुषको गोप्य अंग आधा छिनेको छ’, डीएसपी चुँडालले मंगलबार बिहान भनिन्, ‘उनको अहिले कोसी अस्पतालमा उपचार भइरहेको छ भने महिलालाई नियन्त्रणमा लिएर घटना अनुसन्धान थालेका छौँ।’

मोरङकै जहदा गाउँपालिका-३ का बासिन्दा उनीहरू कटहरी गाउँपालिका-२ मा डेरामा बस्थे। 

झगडाको कारण पत्ता लगाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

  • Jigyasanepal

थप