Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

बागलुङमा जीप दुर्घटना : एकजनाको मृत्यु, तीन घाइते

  •   २ वर्ष अघि | २१ चैत्र २०८१, बिहिबार

बागलुङ, चैत २१ – बागलुङमा पिकअप जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएका छन्।

गलकोट नगरपालिका–३, हटिया बजारबाट कोटमैदानतर्फ गइरहेको ग१ज ६१०० नम्बरको पिकअप अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा गलकोट नगरपालिका–११, रिघाका २२ वर्षीय विष्णु रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

यस दुर्घटनामा गलकोट–५, सर्दाखेतका २२ वर्षीय राजन विक, वडा नम्बर–४, डाँडाखेतका १९ वर्षीय रमेश सुनार र वडा–३, बोहराफाँटका १९ वर्षीय अशोक बोहरा घाइते भएका छन्। उनीहरूको गलकोट नगर अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए।

प्रहरीका अनुसार जीपमा चारजना सवार थिए। चैते दसैँ मेला हेर्न कोटमैदान जाँदै गर्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


  • Jigyasa media

थप