Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कुकुरको टोकाइले एकको ज्यान गयो, उपचार अघि नै मृत घोषणा

  •   २ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

२२ चैत, विराटनगर – मोरङको बेलबारीमा कुकुरको टोकाइबाट एक वृद्धको असामयिक र पीडादायक मृत्यु भएको छ।

मिक्लाजुङ गाउँपालिका–६, मगर टोलका करिब ६२ वर्षीय कृष्णबहादुर मगर (गौडे) लाई बिहीबार बिहान बेलबारी–१०, भाउन्नेमा छाडा कुकुरले आक्रमण गरेको थियो। स्थानीयहरूका अनुसार बिहान करिब ९ बजे उनी सडकमा हिँडिरहेका बेला दायाँ खुट्टाको पिँडुलामा कुकुरले गहिरो चोट पुर्‍याएको थियो।

घटनास्थलमै लडेका मगरलाई तत्काल उद्धार गरी नगर अस्पताल बेलबारी पुर्‍याइयो, तर अवस्था जटिल भएपछि उनलाई कोशी अस्पताल, विराटनगर रेफर गरिएको थियो।

बेलबारी–१० का वडाध्यक्ष गंगाबहादुर याक्खाका अनुसार, “कोशी अस्पताल पुर्‍याउँदा चिकित्सकहरूले उनलाई मृत घोषणा गरे।”

चिकित्सकहरूको भनाइअनुसार, टोकेको स्थानबाट अत्यधिक रक्तस्राव भएकाले समयमै उपचार हुन नसक्दा उनको ज्यान गएको हो।

छाडा कुकुर आतंक, नियन्त्रणमा बेवास्ता?

स्थानीयवासीहरूका अनुसार भाउन्ने क्षेत्रमा लामो समयदेखि छाडा कुकुरको आतंक बढ्दो छ, तर नियन्त्रणका प्रयास भने देखिँदैन।

यो घटनाले सरकारी लापरबाही र सार्वजनिक सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न उठाएको छ।


  • Jigyasa media

थप