Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

भीषण मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु, एक गम्भीर

  •   १ वर्ष अघि | ११ जेष्ठ २०८२, आइतवार

बर्दिया, जेठ ११ — बर्दियाको मधुवन नगरपालिका–८ स्थित लालसिंह चोक नजिकैको हुलाकी सडक शनिबार राति एक दर्दनाक दुर्घटनाको साक्षी बन्यो। दुई मोटरसाइकल एक आपसमा तीव्र गतिमा ठोक्किँदा दुवै चालकले ज्यान गुमाएका छन्, भने एक जना सवार गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार गुलरिया नगरपालिका–२ निवासी अन्दाजी २८ वर्षीय देवानन्द यादव र मधुवन नगरपालिका–८ लालीबजारका अन्दाजी ३० वर्षीय टंकबहादुर विसी आफैँ–आफ्नो मोटरसाइकलमा सवार थिए। यादवले चलाएको भे १३ प २६६९ र विसीले चलाएको भे ६ प ५४१ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा घटनास्थल तनावपूर्ण बनेको थियो।

यादवको मोटरसाइकलमा सवार गुलरिया–२ का ३२ वर्षीय अनुपम यादव गम्भीर घाइते भएका छन्। उनलाई तत्कालै बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ। प्रहरीका अनुसार घाइतेको अवस्था चिन्ताजनक छ।

घटना राति करिब ११:३० बजे तिर भएको हो। दुवै मोटरसाइकल सानोश्रीबाट गुलरियातर्फ जाँदै गर्दा तीव्र गति र सम्भवतः असावधानीका कारण सीधा ठोक्किएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी चक्रबहादुर डमरपालले दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए। उनले सडकमा रातिको समयमा हुने जोखिमप्रति सचेत रहन सर्वसाधारणलाई आग्रहसमेत गरे।

  • Jigyasanepal

थप