Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

पनौती जात्राको अवसरमा जेठ २७ र २८ गते सार्वजनिक विदा, नगरपालिकाको निर्णय

  •   १ वर्ष अघि | २५ जेष्ठ २०८२, आइतवार

पनौती, काभ्रेपलाञ्चोक ।

ऐतिहासिक तथा सांस्कृतिक महत्वको पनौती जात्रा (ज्या पून्हि) को अवसरमा पनौती नगरपालिकाले आगामी जेठ २७ र २८ गते दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

नगर कार्यपालिकाको २०८२ जेठ २१ गते बसेको निर्णयअनुसार सार्वजनिक विदा घोषणा गरिएको हो। पनौती जात्रा नेपाल संवत ११४५ तछलाथ्व द्वादशीका दिन मनाइने परम्परागत पर्व हो, जुन पनौती क्षेत्रमा विशेष महत्त्वका साथ मनाइन्छ।

पनौती नगरपालिका कार्यालयले सूचना जारी गर्दै नगर क्षेत्रभित्रका सबै सरकारी तथा सार्वजनिक संस्थाहरूमा सार्वजनिक विदा लागू हुने स्पष्ट पारेको छ। नगरप्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।


“पनौती जात्राको अवसरमा नगर क्षेत्रभित्र सार्वजनिक विदा हुने जानकारी सबै सम्बन्धित पक्षलाई जानकारी गराइन्छ।”

ज्या पून्हि : संस्कृति, परम्परा र जनसमूहको उत्सव

पनौती जात्रालाई 'ज्या पून्हि' नामले पनि चिनिन्छ। यो जात्रा हरेक वर्ष जेष्ठ शुक्ल पूर्णिमाका दिन पनौतीमा विशेष धूमधामका साथ मनाइन्छ। यो पर्वमा ऐतिहासिक र धार्मिक महत्व बोकेका तीन प्रमुख रथहरू । व्रतबन्धनाथ, भैरव र नृसिंह  नगर परिक्रमा गर्दै निकालिन्छ, जसमा हजारौं श्रद्धालु सहभागी हुन्छन्।

स्थानियबासीका लागि मात्र नभई देशभरका पर्यटक र जात्रामा रुचि राख्नेहरूका लागि पनि यो पर्व आकर्षणको केन्द्र बन्दै आएको छ।

नगरपालिकाको culturally sensitive निर्णयप्रति स्थानीयमा खुसी

सार्वजनिक विदाको निर्णयपछि स्थानीयवासी तथा जात्रामा प्रत्यक्ष सहभागी हुने समुदायहरूले नगरपालिकाको निर्णयको स्वागत गरेका छन्। परम्परागत पर्वको संरक्षण, स्थानीय संस्कृति र जनचासोमा आधारित यस्तो निर्णयले पनौती नगरपालिकाको सांस्कृतिक संवेदनशीलता झल्काउने बताएका छन्।

पनौती नगरपालिका कार्यालयमार्फत सूचनामा नगरपालिका क्षेत्रभित्रका सबै शैक्षिक संस्था, सरकारी कार्यालय, स्वास्थ्य संस्था लगायतले विदा पालन गर्न अनुरोध गरिएको छ।

  • Jigyasanepal

थप