Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

काठमाडौं वायु प्रदूषणमा विश्वकै शीर्ष स्थानतर्फ

  •   २ वर्ष अघि | ५ फाल्गुन २०८१, सोमवार

काठमाडौं : विश्वका प्रमुख सहरहरूमध्ये काठमाडौं वायु प्रदूषणको उच्च तहमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु गुणस्तर मापन संस्था आईक्यूएअर का अनुसार सोमबार बिहान ७ बजे काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई (एयर क्वालिटी इन्डेक्स) मा पुगेको थियो, जसले काठमाडौंलाई विश्वकै चौथो प्रदूषित सहरको सूचीमा राखेको छ।

छिमेकी देशहरू अझै संकटमा
विश्वकै सबैभन्दा प्रदूषित सहर भारतको दिल्ली रहेको छ, जहाँ २०१ एक्यूआई मापन गरिएको छ। दोस्रो स्थानमा ढाका (१७० AQI) र तेस्रो स्थानमा लाहोर (१९० AQI) रहेका छन्।

नेपालमै पोखरा अति प्रदूषित
नेपालभित्र मात्रै हेर्ने हो भने संघीय राजधानी काठमाडौंभन्दा पोखराको अवस्था अझै गम्भीर देखिएको छ। वातावरण विभागको रिपोर्ट अनुसार पोखराको वायु प्रदूषणको सूचक ३३७ AQI पुगेको छ, जुन निकै अस्वस्थकर मानिन्छ।

देशभर प्रदूषणको चेतावनी
नेपालका अन्य सहरहरू पनि उच्च प्रदूषणको चपेटामा छन्। भक्तपुर १९१, शंखपार्क १७९, रत्नपार्क १७२, खुमलटार १७०, भैंसेपाटी १६८, भरतपुर १६७, हेटौंडा १६२, र धनगढी १५७ AQI मापन गरिएको छ।

स्वास्थ्य जोखिम र सतर्कता
वातावरण विभागका अनुसार वायु प्रदूषण ५० AQI भन्दा माथि पुग्दा अस्वस्थकर मानिन्छ। १५१-२०० स्तर अस्वस्थ, २०१-३०० स्तर निकै अस्वस्थ, भने ३०१ भन्दा माथि पुगेमा खतरनाक मानिन्छ।

चेतावनी : सुरक्षा अपनाउन आग्रह
मंसिरदेखि जेठ महिनासम्म वायु प्रदूषण उच्च हुने भएकाले बालबालिका, वृद्धवृद्धा, श्वासप्रश्वास तथा मुटु रोगीहरू र गर्भवती महिलाहरूले विशेष सावधानी अपनाउनुपर्ने वातावरण विभागले जनाएको छ। प्रदूषित क्षेत्रमा सकेसम्म बाहिर ननिस्कन, मास्कको प्रयोग गर्न, सफा खानेपानी पिउन, तथा वातावरणीय सुरक्षा अपनाउन सरोकारवालाहरूले आग्रह गरेका छन्।

  • Jigyasa media

थप