Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

काका-काकीको हत्या प्रकरण: भतिज पक्राउ

  •   १ वर्ष अघि | १२ फाल्गुन २०८१, सोमवार

प्युठान ।प्युठानको माण्डवी गाउँपालिका-२, रातापानीमा एक दम्पती घरभित्रै मृत अवस्थामा फेला परेका छन्। ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया पत्नी हुकुमा परियारको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीलाई घटनाको जानकारी उनीहरूकै भतिज ३४ वर्षीय पंकज परियारले गराएका थिए। उनले खबर गरेपछि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डीएसपी दीपेश बस्याल नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। अनुसन्धानका क्रममा दम्पतीको हत्या भएको देखिएपछि प्रहरीले विस्तृत छानबिन अघि बढायो।

सुरुवाती अनुसन्धानमा संलग्न सात जनासँग सोधपुछ गर्दा प्रहरीलाई शंका लाग्ने तथ्यहरू फेला परे। विशेष गरी, घटनाको जानकारी गराउने पंकज परियारको गतिविधि अस्वाभाविक देखिएपछि प्रहरीले उनलाई निगरानीमा राख्यो। प्रहरीसँगको बयानका क्रममा उनले विभिन्न विरोधाभाषी कुराहरू बताएपछि थप अनुसन्धान गरियो।

प्रहरीको गहिरो सोधपुछपछि अन्ततः पंकजले हत्या आफूले गरेको स्वीकार गरेका छन्। उनका अनुसार, काका-काकीसँग निरन्तर विवाद भइरहने, उनीहरूले आफूलाई हेप्ने तथा बिहे गर्न नसकेको विषय उठाइरहने भएकाले रिसको आवेगमा हत्याको योजना बनाएका थिए।

प्रहरीका अनुसार, पंकजले घटना राति करिब १०:३० बजे घटाएका थिए। उनले दोस्रो तलाको झ्याल हुँदै घरभित्र प्रवेश गरी, निदाइरहेका काका-काकीलाई घन प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन्। हत्यामा प्रयोग गरिएको घन घटनास्थलभन्दा केही पर फालिएको अवस्थामा फेला परेको छ। साथै, रगत लागेको ब्ल्याङ्केट र उनको घरमा रहेको रगत लागेको स्विटर पनि प्रहरीले बरामद गरेको छ।

अहिलेसम्मको अनुसन्धानअनुसार, मृतकका चार छोराहरू वैदेशिक रोजगारीका लागि भारतमा रहेका छन् भने तीन छोरीहरू विवाहपछि छुट्टै बस्दै आएका थिए। घरमा रामबहादुर र उनकी पत्नी मात्र थिए।

प्रहरीले पंकजविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान अघि बढाएको छ।


  • Jigyasa media

थप