Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कोसी र गण्डकीका केही स्थानमा वर्षाको सम्भावना

  •   २ वर्ष अघि | १४ चैत्र २०८१, बिहिबार

काठमाडौं, चैत्र १४ – देशका केही भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अधिकांश स्थानमा भने मौसम सफा रहनेछ।

मौसमविद् हरिप्रसाद दाहालका अनुसार कोसी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्ने देखिएको छ। साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ।

काठमाडौं उपत्यकाको अवस्था

काठमाडौं उपत्यकामा दिउँसो मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। आंशिक बदली भए पनि वर्षाको सम्भावना केही दिनसम्म नरहेको मौसमविद् दाहालले बताएका छन्।

तराईमा हावाहुरीको सम्भावना

दिउँसोपछि तराईका केही स्थानमा हल्का हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ। यद्यपि, क्षति पुर्‍याउने खालको ठूलो हावाहुरी भने नआउने अनुमान गरिएको छ।

सावधानी अपनाउन अनुरोध

कोसी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यी वायुसँग सम्बन्धित प्रणाली मजबुत नहुँदा व्यापक वर्षा हुन नसकेको मौसमविद्हरू बताउँछन्।


  • Jigyasa media

थप