Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कोरियन भाषा परीक्षा : दोस्रो चरणमा ८ हजारभन्दा बढी सफल

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

काठमाडौं – उत्पादनमूलक क्षेत्रमा कार्य गर्न इच्छुक नेपालीहरूको दोस्रो चरणको कोरियन भाषा परीक्षामा ८ हजारभन्दा बढीले सफलता प्राप्त गरेका छन्। नेपालस्थित ईपीएस कोरिया शाखाले शुक्रबार प्रकाशित गरेको नतिजा अनुसार ८ हजार १५१ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।

यो चरणमा ८ हजार ९३२ जनाले सिप परीक्षण दिएका थिए, जसमध्ये ७८१ जना भने अनुत्तीर्ण भएका छन्। कोरियाको एचआरडी सर्भिसले भदौ १८ देखि २५ गतेसम्म सिप परीक्षण सञ्चालन गरेको थियो।

कोरियामा रोजगारीका लागि ईपीएसमार्फत भाषा परीक्षामा उत्तीर्ण भएपछि सिप परीक्षण पनि पास गर्नु अनिवार्य हुन्छ। सिप परीक्षामा सफल भएका व्यक्तिहरूले अब स्वास्थ्य परीक्षण तथा आवश्यक तालिम पूरा गर्नुपर्नेछ।

यस प्रक्रियापछि योग्य उम्मेदवारहरूले कोरियामा रोजगारीका अवसर पाउन सक्नेछन्।


  • Jigyasa media

थप