Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

लमजुङकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन

  •   २ वर्ष अघि | २२ असोज २०८१, मङ्लबार

काठमाडौँ — लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमाया गुरुङको निधन भएको छ। उनी ५८ वर्षकी थिइन् र पाठेघरको क्यान्सरबाट पीडित थिइन्।

स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई चितवनमा उपचारका लागि लैजाँदै गर्दा मंगलबार बिहान बाटैमा उनको मृत्यु भएको हो। गुरुङ नेपाली कांग्रेस गण्डकी प्रदेश समिति सदस्य र महासमिति सदस्य समेत थिइन्।

गुरुङको निधनले लमजुङका राजनीतिक तथा सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको छ। स्थानीय तहमा उनको नेतृत्व, समाजप्रतिको योगदान, र पार्टीमा उनको भूमिकाले धेरैलाई प्रेरित गरेको थियो।


  • Jigyasa media

थप