Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

  •   २ वर्ष अघि | २४ फाल्गुन २०८१, शनिबार

काठमाण्डौ। हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परिरहेको छ, जसका कारण केही स्थानमा बदली र वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। बाँकी क्षेत्रहरूमा मौसम खुला रहने अनुमान गरिएको छ।

साथै, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका केही भागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने सम्भावना पनि रहेको मौसमविद्हरूले बताएका छन्।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाले हिमाली क्षेत्रका बासिन्दालाई चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन तथा सम्भावित मौसम परिवर्तनको असरलाई ध्यानमा राख्न अनुरोध गरेको छ।

मौसम परिवर्तनको प्रभावले जनजीवन, यातायात तथा स्वास्थ्यमा आंशिक असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ।


  • Jigyasa media

थप