Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

महाभारत गाउँपालिकाको ऐतिहासिक कदम: कक्षा १ देखि १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क

  •   १० महिना अघि | ८ साउन २०८२, बिहिबार

जिज्ञासा नेपाल | महाभारत, काभ्रे – साउन ८, २०८२

“शिक्षा सबैको अधिकार हो, विशेष समूहको सुविधा होइन” भन्ने भावनालाई आत्मसात् गर्दै काभ्रेको महाभारत गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका सम्पूर्ण सामुदायिक विद्यालयमा पूर्ण निःशुल्क पठनपाठनको व्यवस्था लागू गर्ने ऐतिहासिक निर्णय गरेको छ।

अब पालिका भित्रका बालबालिकाहरूले भर्ना शुल्क, मासिक शुल्क, विविध शुल्क लगायत अन्य अतिरिक्त शुल्क तिर्नु पर्दैन। 

सामान्यदेखि प्राविधिक धारसम्म सबै विद्यार्थीलाई राहत

महाभारत गाउँपालिकाले सामान्य तथा प्राविधिक धार अन्तर्गत अध्ययनरत सम्पूर्ण कक्षा १ देखि १२ सम्मका विद्यार्थीहरूलाई राष्ट्रिय परीक्षा बोर्ड (NEB) लिने शुल्क बाहेक कुनै पनि शुल्क नलिने गरी व्यवस्था मिलाउने निर्णय गरेको हो।

पालिका अध्यक्ष कान्छा लाल जिम्बाले भने –

“सदैव कोसिस राम्रोको लागि गर्नेछु। शिक्षा क्षेत्रमा समानता र पहुँच सुनिश्चित गर्नु हाम्रो पहिलो प्राथमिकता हो।”


अध्यक्ष जिम्बाको निर्देशन: निर्णय तत्काल कार्यान्वयनमा ल्याउनुस्

गाउँपालिकाको निर्णय अनुसार अबदेखि पालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क असुल्न नपाउनेछन्, र उक्त नीतिको पूर्ण पालना गराउन सम्बन्धित विद्यालय र शिक्षा शाखालाई निर्देशन दिइएको छ।

अध्यक्ष जिम्बाले थप स्पष्ट गरे –
“अब कुनै पनि विद्यार्थी आर्थिक कारणले शिक्षाबाट वञ्चित हुनुहुने छैन। हामी शिक्षा अधिकारको नाममा हुने असमानतालाई अन्त्य गर्न चाहन्छौं।”


स्थानीय तहको शिक्षा सुधारमा नवीन प्रयास

यस निर्णयबाट पालिकाभित्र रहेका आर्थिक रूपमा कमजोर, पिछडिएका तथा ग्रामीण भेगका विद्यार्थीहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
शुल्क हटेसँगै विद्यालयमा उपस्थितिमा वृद्धि, ड्रपआउट रेटमा गिरावटगुणस्तरीय शिक्षा सुनिश्चित गर्न सहज हुने पालिकाले विश्वास लिएको छ।

 शिक्षा अधिकारको ग्यारेन्टी, अवसरको दरबार खुला

महाभारत गाउँपालिकाले अघि सारेको यो निर्णय अन्य स्थानीय तहहरूका लागि अनुकरणीय अभ्यास बन्ने निश्चित देखिन्छ।
स्थानीय सरकारको यस्तो सकारात्मक पहलले मात्र देशव्यापी शिक्षा सुधारको सपना साकार हुने बाटो निर्माण हुन्छ।

  • Hdv

थप