Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

मकवानपुरमा बालश्रमिक उद्धार र होटल सञ्चालकहरूविरुद्ध कारबाही

  •   २ वर्ष अघि | ३१ भदौ २०८१, सोमवार

बागमती, ३१ भदौ । श्रम तथा रोजगार कार्यालय हेटौँडाले भीमफेदी गाउँपालिका–६, चिसापानीस्थित होटलहरूबाट आज ७ जना बालश्रमिकको उद्धार गरेको छ। अनुगमनका क्रममा ती होटलहरूमा बालश्रमिक प्रयोग भएको पाइएपछि उद्धार गरिएको हो। श्रम कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठका अनुसार बालश्रमिक राख्ने होटल सञ्चालकहरूविरुद्ध कानूनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यस आर्थिक वर्ष २०८०–८१ मा मात्र ३५ बालश्रमिकको उद्धार गरी, ३५ उद्योग प्रतिष्ठानहरू र रोजगारदातालाई कारबाही गरिएको थियो। ती प्रतिष्ठानहरूलाई बालश्रमिकको प्रयोगका लागि तीन लाख ९१ हजार रूपैयाँ क्षतिपूर्ति तिराइएको छ।

मकवानपुरमा गाँजासहित दुई युवक पक्राउ

मकवानपुर, ३१ भदौ: मकवानपुरको हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको पिकअप भ्यानमा लुकाएर ल्याउँदै गरेको दुई क्विन्टल २३ किलो गाँजासहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको थाँक्रे गाउँपालिका–४ का चालक जीवन मगर र सोही ठाउँका ३० वर्षीय प्रदीप क्षेत्री रहेका छन्। प्रहरीले उनीहरूलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।


  • Jigyasa media

थप