Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

साताभर मनसुनी प्रभाव: आंशिकदेखि साधारणतया बदलीको सम्भावना

  •   २ वर्ष अघि | ४ असोज २०८१, शुक्रबार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी साताभर देशभर मनसुनी वायुको प्रभाव कायम रहने जनाएको छ। हिमाली तथा पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको र तराई भूभागमा साताको सुरुमा आंशिक बदली तथा मध्य र अन्त्यतिर आंशिकदेखि साधारणतया बदली रहने उल्लेख गरिएको छ।

विशेषगरी साताको मध्य र अन्त्यतिर तराईका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। हिमाली र पहाडी भूभागमा समेत केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको विज्ञप्तिमा उल्लेख छ। साथै, कोशी, बागमती, गण्डकी, कर्णाली, र सुदूरपश्चिमका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले साताको अन्त्यमा देशभर तापक्रममा गिरावट हुने सम्भावना पनि औंल्याएको छ। मौसमविद् प्रतिमा मानन्धरले आइतबारसम्म हल्का देखि भारी वर्षाको सम्भावना रहेको जानकारी दिएकी छन्, जसले विशेषगरी कृषि उत्पादनमा असर पुर्‍याउने सम्भावना छ।

कृषि तथा पशुपंक्षी मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले सुदूरपश्चिम क्षेत्रका धान बालीलाई सम्भावित क्षति हुनसक्ने बताउँदै धान भित्र्याउने समय भएकोले ठूलो वर्षा भएमा धान झर्ने र उत्पादनमा असर पर्ने सम्भावना रहेको उल्लेख गरेका छन्। यद्यपि, यो वर्षको मनसुनले धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ।

मन्त्रालयको तथ्यांकअनुसार गत वर्षको धान उत्पादन ५७ लाख मेट्रिक टन रहेको थियो, जुन विगत चार वर्षको औसत भन्दा पाँच प्रतिशत बढी हो।

रा स स 

  • RSS

थप