Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सुनवलमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

  •   २ वर्ष अघि | २४ भदौ २०८१, सोमवार

नवलपरासी पश्चिम, भदौ २४ - आइतबार राति सुनवलमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ। 

सुनवल नगरपालिका-१२ फरौली र रामग्राम नगरपालिका-११ को सिमानास्थित भित्री सडकमा लु १७ प ८७८८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर २६ वर्षीय रामनाथ कंवरको मृत्यु भएको हो। उनी सुनवल-९ स्वाठीका स्थानीय बासिन्दा हुन्। 

दुर्घटनामा गम्भीर घाइते भएका कंवरलाई तत्काल अस्पताल पुर्याइए पनि उपचारका क्रममा उनको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। कंवरको शव पोष्टमार्टमका लागि परासी अस्पतालमा राखिएको छ।

  • Jigyasa media

थप