Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

छ प्रदेशमा भारी वर्षाको चेतावनी, मनसुनले तिव्र रूप लिँदै

  •   ११ महिना अघि | ७ असार २०८२, शनिबार

काठमाडौं, असार ७ – देशभर सक्रिय बनेको मनसुनी प्रणालीका कारण आज शनिबार कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न भागहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार, दिउँसोदेखि रातिसम्म देशका पहाडी तथा हिमाली भूभागमा व्यापक वर्षा हुने अनुमान गरिएको छ।

📌 दिउँसोको स्थिति:

देशका पहाडी भूभागका केही स्थानमा

बाँकी भूभागका थोरै स्थानमा

मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात/वर्षा सम्भावित 

🌙 रातिको पूर्वानुमान:

देशभरको पहाडी भूभागमा सक्रिय वर्षा

बाँकी स्थानहरूमा पनि हल्कादेखि मध्यम वर्षा

कोसी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

उच्च हिमाली भूभागमा पनि हिमपातको जोखिम

🌀 देशभर फैलिंदै मनसु

मौसमविद्‌का अनुसार, हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। असार ६ बाट औपचारिक रूपमा सुरु भएको मनसुनले अब झन् सक्रियता बढाउने देखिएको छ।

🌧️ कति मिलिमिटर वर्षालाई के भन्ने?

वर्षाको मापन अनुसार,

१० मिमि.भन्दा कम – हल्का वर्षा

१०–५० मिमि. – मध्यम वर्षा

५०–१०० मिमि. – भारी वर्षा

१००–२०० मिमि. – धेरै भारी वर्ष

२०० मिमि.भन्दा बढी – अति भारी वर्ष

 "एक-दुई स्थान", "थोरै", "केही" भनेको के हो?

एक-दुई स्थान = १०% भन्दा कम भूभाग

थोरै स्थान = १०–३०%

केही स्थान = ३०–५०%

धेरै स्थान = ५०–८०%

अधिकांश स्थान = ८०% भन्दा बढी क्षेत्रफल

⚠️ सावधानी अपनाउनुहोस्

मनसुनी वर्षाले बाढी, पहिरो, सडक अबरुद्ध, विद्युत कटौती लगायतका जोखिम निम्त्याउन सक्छ। सम्बन्धित प्रदेश र स्थानहरूमा विशेष सतर्कता अपनाउन मौसम विभागले आह्वान गरेको छ।

  • Jigyasanepal

थप