Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कपिलवस्तुमा ट्रयाक्टर दुर्घटनामा दुईजनाको ज्यान गयो, पोखरीमा खस्दा भएको थियो दुर्घटना

  •   १ वर्ष अघि | ९ असार २०८२, सोमवार

जिज्ञासा नेपाल, असार ९, कपिलवस्तु

कपिलवस्तुमा सोमबार बिहान भएको एक दर्दनाक ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खस्दा ज्यान जाने घटना भएको हो।

ना.५ त ३१४० नम्बरको ट्रयाक्टर दुर्घटनामा परी सोही वडाको पश्चिम बेलहवा निवासी ४० वर्षीया दुर्गावती कोरीसहित दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई तत्कालै जिल्ला अस्पताल तौलिहवामा पुर्‍याइएको थियो। तर, उपचारका क्रममा दुवै जनाले ज्यान गुमाए। मृतकको परिचयमा रहेका दोस्रो व्यक्तिको नाम भने समाचार तयार पार्दासम्म खुलाइएको छैन।

घटनाको कारणबारे यकिन जानकारी आउन बाँकी रहे पनि प्रारम्भिक अनुमानअनुसार ट्रयाक्टर अनियन्त्रित भएर पोखरीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाइएको छ।

स्थानीयहरूका अनुसार सो क्षेत्रको सडक अव्यवस्थित र साँघुरो भएकाले दुर्घटनाको जोखिम उच्च हुने गरेको छ।

  • Jigyasanepal

थप