Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

ताप्लेजुङमा 'नो केवलकार' आन्दोलन उग्र, प्रहरी र प्रदर्शनकारीबीच झडप

  •   २ वर्ष अघि | १० फाल्गुन २०८१, शनिबार

ताप्लेजुङ ।

ताप्लेजुङको फुङलिङ बजार तनावग्रस्त बनेको छ। 'नो केवलकार' अभियानका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा केही सुरक्षाकर्मी घाइते भएका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काका अनुसार आन्दोलनकारीहरूले मलास जुलुससहित बजारमा प्रदर्शन गरिरहेका थिए। प्रारम्भमा शान्तिपूर्ण कोणसभा गर्ने भनिए पनि पछि प्रदर्शन हिंसात्मक मोड लिँदै सर्वसाधारणको घरतर्फ आगोको राँको फाल्न थालिएको बताइन्छ।

स्थिति नियन्त्रण गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो। झडपमा ५/६ जना सुरक्षाकर्मी घाइते भएका छन् भने थप विवरण संकलन भइरहेको छ।

सुरक्षाकर्मीले प्रदर्शनलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन्, तर बजारको अवस्था अझै सामान्यभइसकेको छैन।


  • Jigyasa media

थप