Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

नक्कली प्रहरी बनेर ठगी गर्ने समातिए

  •   २ वर्ष अघि | ९ साउन २०८१, बुधबार

काठमाडौँ । नक्कली प्रहरी बनेर बाराको विभिन्न ठाउँमा ठगी गर्दै हिँडेका एकजना मानिसलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका-७ बस्ने ४० वर्षीय सहाबुदिन अंसारी रहेको प्रहरीले जनाएको छ।


इलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले साउन ७ गते सोमबार नक्कली प्रहरी बनेका अंसारीलाई पक्राउ गरी चोरी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर जिल्ला अदालत कलैयाबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ।


गत भदौ ३२ गते बेलुका ४ बजेको समयमा महागढिमाई नगरपालिका-८ जोलगाँवा बस्ने ५५ वर्षीय सिताराम राय यादवको ना ४ प २२१२ नम्बरको सुपर स्प्लेंडर मोटरसाइकल अंसारीले आफू प्रहरी भएको भन्दै 'इमरजेन्सी छ, एक छिनको लागि दिनुस्' भनी भ्रममा पारी मोटरसाइकल लिएर फरार भएका थिए।


सोही मोटरसाइकल प्रयोग गरी जिल्लाका विभिन्न मानिसहरूसँग घुमी घुमी प्रहरीकै भ्रममा पारी पैसा ठग्ने जस्ता कार्य गर्ने गरेको उजुरीको आधारमा प्रहरीले अंसारीलाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

  • Jigyasa media

थप