Breaking News
आज कोशीदेखि लुम्बिनीसम्म वर्षाको सम्भावना, मेघगर्जन–चट्याङको चेतावनी    ||     बैंक खाताबाट रकम चोरी बढ्दो, अनधिकृत लिंक नखोल्न प्रहरीको चेतावनी    ||     घरबाट हराएकी महिला शिवपुरीमा गाडिएको अवस्थामा भेटिइन्, हत्यामा संलग्न आरोपमा युवक पक्राउ    ||     पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु, काभ्रेमा दर्दनाक दुर्घटना    ||     बीपी राजमार्गमा राति सवारी चलाउन रोक, प्रशासनको निर्देशन    ||     सुनचाँदीको मूल्यमा व्यापक गिरावट, तीन दिनमै तोलामा ५१ सय रुपैयाँ घट्यो सुन    ||     आज देशभर आंशिकदेखि पूर्ण बदली, पहाडी भेगमा मेघगर्जनसहित वर्षाको सम्भावना    ||     लिपुलेक विवादमा भारतको जवाफ: ‘पुरानो मार्ग, नयाँ विषय होइन’    ||     शारदा मावि पूर्व विद्यार्थी समाजमा तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा    ||     पहिरोको कहर: ३ प्रमुख राजमार्ग पूर्ण अवरुद्ध, यात्रु बीचमै अलपत्र    ||    

बनेपाको Nine Bar Cafe मा तीन महिने बारिस्टा तालिम सम्पन्न, २० युवालाई प्रमाणपत्र प्रदान

  •   १० महिना अघि | ९ साउन २०८२, शुक्रबार

काभ्रे, साउन ९ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा–७ स्थित Nine Bar Cafe मा सञ्चालन गरिएको तीन महिने सिपमूलक ‘बारिस्टा तालिम’ पहिलो चरणमा सफलतापूर्वक सम्पन्न भएको छ। तालिममा सहभागी २० युवाहरुलाई आज एक विशेष समारोहबीच प्रमाणपत्र (सर्टिफिकेट) वितरण गरिएको छ।


उक्त कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री चन्द्र लामा रहेका थिए। प्रमाणपत्र हस्तान्तरण गर्दै लामाले सिप सिकेर स्वरोजगार र रोजगार प्राप्त गर्ने र भविष्यमा व्यवसायी बन्ने युवाको यो प्रयास प्रेरणादायी भएको उल्लेख गर्नुभयो। उहाँले, भन्नुभयो > “बारिस्टा तालिमजस्ता सीपमूलक कार्यक्रमले देशभित्रै अवसर सिर्जना गर्न सक्छ, यो उत्साहजनक कार्य हो।”

प्रशिक्षक स्वयं अनुभवी उद्यमी

Nine Bar Cafe का संस्थापक तथा प्रशिक्षक नरेश लामा, जो बारिष्टा क्षेत्रमै एक दशक लामो अनुभव बोकेका विशेषज्ञ हुन्, उनले स्वदेशमै युवालाई रोजगारीमा जोड्ने उद्देश्यले तालिम सञ्चालन गरेका हुन्। आफू वैदेशिक रोजगारीमा लामो समय रहेको र सोही क्षेत्रबाट नेपालमा पनि केही गरौं भन्ने भावना आए पछि नेपाल फर्केर यो क्याफेले तालीममार्फत युवालाई शिपमुलक तालिम प्रदान गर्ने संकल्प बमोजिम व्यावसायिक कफी बनाउने सीप, सेवा प्रवाहको दक्षता, कस्टमर ह्याण्डलिङ, मेशिन अपरेशन लगायतका व्यावहारिक ज्ञान प्रदान गरेको बताउनुभयो ।


स्वरोजगारको अवसर

सर्टिफिकेट प्राप्त गरेका अधिकांश सहभागीहरूले यो तालिमले आफूहरूलाई स्वदेशमै जागिर र स्वरोजगार तथा वैदेशिक रोजगारीमा जान समेत महत्वपुर्ण अवसर मिलेको बताए । देशमा केही गर्छु भन्ने सोच आयो भने यसको माग अनुसार व्यवसाय गर्न मार्ग खोलिदिएको समेत बताएका छन्। कतिपय सहभागीहरूले तालिमपछि देश–विदेशका क्याफेहरूमा काम गर्ने योजना बनाइसकेका छन्।


स्थानीयस्तरमै तालिम, विश्व बजारसम्मको सम्भावना

यस तालिमले ‘साना ठाउँबाट सुरु भए पनि ठूला सपना पूरा गर्न सकिन्छ’ भन्ने सन्देश दिएको छ। बनेपाबाट सुरु भएको यो पहलले युवाहरूमाझ स्वरोजगारको प्रेरणा जगाएको छ ।

  • Jigyasanepal

थप