Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

सबै भाषा र संस्कृतिको संरक्षण आवश्यक: प्रधानमन्त्री ओली

  •   २ वर्ष अघि | १७ कार्तिक २०८१, शनिबार

पाटन, कात्तिक १७ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको मौलिक संवत् भएको उल्लेख गर्दै सबै भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। नेपाल संवत् ११४५ नयाँ वर्षको अवसरमा पाटन मंगलबजारमा आयोजित ‘न्हूदँ ने.सं. ११४५’ कार्यक्रममा बोल्दै उनले नेपाल संवत् कुनै आयातित संवत् नभई नेपालकै मौलिकता बोकेको संवत् भएको बताए।

प्रधानमन्त्री ओलीले नेपाल मण्डलको संस्कृति विश्वकै अनौठो र मौलिक भएको भन्दै यसको संरक्षण गर्न आवश्यक रहेको बताए। उनले भने, “नेपालका सबै भाषा र संस्कृतिलाई हामीले जोगाउनु पर्छ। नेवार सभ्यता र संस्कृति हाम्रो ऐतिहासिक धरोहर हो।”

काठमाडौंतर्फ आफ्नो व्यक्तिगत प्रेम व्यक्त गर्दै उनले नेवारी समुदायमा विवाह गरे पनि नेवारी भाषा नआएको बताए। उनले माध्यमिक तहमा ऐच्छिक विषयका रुपमा मातृभाषाको पाठ्यक्रमको मागबारे सरकारले सकारात्मक निर्णय लिने आशा व्यक्त गरे।

यस अवसरमा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री प्रेमभक्त महर्जनले सरकारी कामकाजमा नेपाल भाषाको प्रयोगलाई प्रभावकारी बनाउनुपर्ने धारणा व्यक्त गरे। साथै, तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारले नेपाल संवत् शङ्खधर साख्वाःद्वारा विपन्न जनताको ऋणमोचनको दिनको सम्झनामा सुरु भएको जानकारी दिए।

नेपाल संवत्का प्रणेता शङ्खधर साख्वाःलाई राष्ट्रिय विभूतिको मान्यता दिने र सरकारी कामकाजमा नेपाल संवत् प्रयोगको निर्णय गर्ने निर्णयका कारण यो संवत्लाई अझ सम्मान र मान्यता प्राप्तभएको छ।


  • Jigyasa media

थप