Breaking News
पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||     पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना    ||     दाउन्नेमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु    ||     कोशी, बागमती र गण्डकीमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना    ||     भक्तराज र नृपेशको 'मायाको परीक्षा' सार्वजनिक    ||    

कालीगण्डकी नदीमा दुईजनाको शव फेला: एक मजदुर पाँच दिनपछि मृत अवस्थामा भेटिए

  •   २ वर्ष अघि | ३ चैत्र २०८१, आइतवार

पाल्पा — कालीगण्डकी नदीको पाल्पा क्षेत्रमा दुईजनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार सिन्धुलीको गोलाचौर गाउँपालिका-६ का २६ वर्षीय भोजराज अस्लामी मगर र दाङको तुलसीपुर उपमहानगरपालिका-३ का ४५ वर्षीय तेजबहादुर रास्कोटी मृत भेटिएका हुन्।

मृतक दुवैजना कालीगण्डकी करिडोर सडक निर्माणमा संलग्न मजदुर रहेको प्रहरी नायब उपरीक्षक सुनिल मल्ल ले जानकारी दिए। भोजराज अस्लामी डोजर अपरेटरका रूपमा कार्यरत थिए। प्रहरीका अनुसार उनी फागुन २६ गते राति क्याम्पमा सुतेका थिए, तर भोलिपल्ट बिहान उनी बेपत्ता भए। पाँच दिनसम्म खोजी गरेपछि शनिबार राति कालीगण्डकी नदीमै उनको शव फेला परेको थियो।

त्यस्तै, तेजबहादुर रास्कोटी नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका थिए। खोजतलास गर्दा घटनास्थलबाट करिब दुई सय मिटर तल उनको शव भेटिएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए।

प्रहरीका अनुसार भोजराज अस्लामीको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल, काठमाडौं पठाइएको छ, जबकि रास्कोटीको शव जिल्ला अस्पताल पाल्पामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


  • Jigyasa media

थप