Breaking News
बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||     शुसाङ्क, शुक्ष्मयङ्का र शुक्ष्माङ्कका ‘Creative Scribbles’, ‘Phosphor र Nesamaj लोकार्पित    ||    

कपिलवस्तुमा लागूऔषध चरेससहित दुई जना पक्राउ

  •   २ वर्ष अघि | १८ भदौ २०८१, मङ्लबार

कपिलवस्तु । कृष्णनगर नाकाबाट भारततर्फ चरेस ओसारपसार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकाहरूमा कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-१, चैनपुर नौडिहवाका ६४ वर्षीय कलिसरा पुन र रुकुम पश्चिमको बाफिकोट गाउँपालिका-७, मकामाका ४० वर्षीय भीमसेन खत्री रहेका छन्।

प्रहरीले कृष्णनगर नगरपालिका-२ स्थित यात्रु गेटमा नेपालबाट भारततर्फ जाँदै गरेकी कलिसरा पुनलाई रोकी चेकजाँच गर्दा उनको झोलामा १ किलो ४४६ ग्राम चरेस फेला पारेको थियो। 

विशेष सूचनाको आधारमा प्रहरीले कृष्णनगर बसपार्कमा भीमसेन खत्रीलाई पक्राउ गरेको हो। खत्रीको साथबाट १ लाख १० हजार भारतीय रुपैयाँ पनि फेला परेको नायब प्रहरी उपरीक्षक हरि वलीले जानकारी दिए।

  • Jigyasa media

थप