Breaking News
आज पाँच प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना    ||     बनेपा सोसियल युथ काउन्सिलको जेष्ठ नागरिक-युवा विद्यार्थीलाई सम्मान    ||     बूढीगण्डकीको भीषण बाढीले आरुघाट–धादिङ जोड्ने पक्की पुल बगायो    ||     नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सभापतिमा रोशन पाण्डे सर्वसम्मत चयन    ||     आजदेखि मौसममा सुधार आउने संकेत, वर्षाको क्रम घट्ने पूर्वानुमान    ||     पनौती-मण्डनदेउपुर नेपाली कांग्रेस नगर सभापतिमा सर्वसम्मत बिनोद र राजकुमार    ||     वाग्मती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह    ||     प्रेस काउन्सिल विधेयकमा कडा प्रावधान, गम्भीर आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना प्रस्ताव    ||     यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना    ||     खानीखोला–७ धाप्लेमा साङ्‌तोक पालरी कृषि सहकारीको १४औँ साधारण सभा सम्पन्न    ||    

गोरखाको धार्चे पहिरोमा बेपत्ता चार जनाको शव भेटियो

२७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात

  •   २ वर्ष अघि | १४ साउन २०८१, सोमवार

गोरखा - उत्तरी गोरखाको धार्चे गाउँपालिका–५, सिङ्लास्थित रेसेमा पहिरोमा परेर आइतवारदेखि बेपत्ता भएका चार जनाको शव आज फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठका अनुसार, पहिरोमा परेर बेपत्ता भएका ७० वर्षीय सुलाल कान्छा गुरुङको शव घर नजिकै २० मिटर तल पुरिएको अवस्थामा फेला परेको छ। यस्तै, ७० वर्षीय जीतबहादुर गुरुङको शव पनि फेला परेको छ, जुन घरदेखि करिब २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा थियो। 

पहिरोमा परेर बेपत्ता भएका रेशम गुरुङको शव भने आज दिउँसो करिब ३ बजे फेला परेको हो। उनको शव घरदेखि ३० मिटर तल फेला परेको श्रेष्ठले बताए। 

बेपत्ता भएकी कान्छी गुरुङको शव गण्डकी गाउँपालिका–८ बर्खेघाटमा फेला परेको छ। आइतबार दिउँसो बेवारिसे अवस्थामा बुढीगण्डकी नदी किनारमा भेटिएको उक्त शव पहिरोमा परेर बेपत्ता भएकी कान्छी गुरुङको भएको परिवारले पुष्टि गरेको हो।

पहिरोमा बेपत्ता भएका आरुघाट गाउँपालिका २७ वर्षीय रमेश परियारको अवस्था अझै अज्ञात छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। – रासस

  • RSS

थप